About Us

कंचनजंगाको काखमा अवस्थीत सिन्चेल माई र महाकाल बाबाको आर्शिवाद पाएको ‘‘पहाड़ की रानी’’ दार्जीलिङलाई आज विश्वले नै चिन्ने गर्छ । TIMBER TOURISM जसलाई हामी THREE “T” भन्ने गर्छौ। यसमा मात्र दार्जीलिङ प्रख्यात नभएर हामी आज अन्य धेरै कुरोमा पनि ख्याति कमाएका छौ।

एउटा फूलबारीमा एउटा मात्र फूल फुले, त्यसले फूलबारीलाई शोभा दिदैन, विभिन्न रंग-विरंगी फूलहरूले फूलबारीको शोभा बढ़ेको हुन्छ। आज यहाँ दार्जीलिङमा पनि विभिन्न जात-जाति, विभिन्न सामुदायको मानिसहरूको जमघटले, एक अर्कामा मेल-मिलापको साईनोले गर्दा अझ दार्जीलिङ साँच्चै नै पहाड़ की रानी भएको छ।

दार्जीलिङकै चिसो हवा पानी, हुरी-बतास, सुख-दुःख को सामना गर्दै बिगत 1997 (1997) द्ध सालमा शिक्षित एवं बेकारी (युवा) समाजसेवीहरूको अथक प्रयास र परिश्रममा ‘‘हिमाली च्यानल’’ को जन्म भयो। युवाहरूलाई एकत्र पारेर निस्वार्थ भवनामा खोलिएको च्यानलले धेरै उपलब्धी हासिल गरेको छ। च्यानल खोलिए पछि दार्जीलिङमा ईतिहासको एउटा आयाम शुरू भयो भन्नमा दुई मत नहोला।

कला, साहित्य, संगीत, विभिन्न विधाका ब्यक्तित्त्वहरू एउटा साँगो मन्च नै पाएको छ। ओझल र बिलुप्तीएर बसेको संगीतकार, साहित्यकार, क्रष्ठकलाकार, गायक-गायिका कुनै पनि कलाकाहरूलाई सठीक मन्च दिने काममा परेका छन् । हिमाली च्यानल दार्जीलिङमा मात्र सिमीत नरहेर प्रायः सबै क्षेत्रलाई नै सहयोग पुर्याएको छ।

सुखमा होस या दुःखमा होस हिमाली च्यानलले सबैको जीवनमा अहम भूमिका निर्वाह गरेको छ। चियाबगान, सिन्कोना बगान, कमान बस्ती, कुना-काप्चा, उकाली-ओरालीमा जे जस्तो बिग्न-बाधा आएता पनि संधै नै साथ दिएको छ। आर्थीक अवस्था कमजोर भएका बिरामीहरूको उपचारको निम्ति, हिमाली च्यानल मार्फत पाएका नयाँ जीवनदानको ज्वलन्त उदाहरण दर्शक सामु छर्लङ छ। मरी सकेको बिरूवालाई मल-जल हालेर फेरि जीवीत पार्ने काम च्यानले गरेको छ।

दर्शकहरूको प्रत्येक समस्याको सामाधान गर्ने कोशिषमा सदेप जुटेका छन्। प्राय सबै नै कोशिषले साफलताको शिखर छोएको छ। सामाजकि, शैक्षिक, राजनैतिक सबै खबरहरू सदेव दर्षक समक्ष पुराएकै छ।

च्यानलको खोजि तलाशमा कहिले नबनिएको बाटो बनिएको छ, एवं Nothing is Impossible भने जस्तो Mr. Calendar (राजेन सार्की), रूसेन राई (खुट्ट नभएको) दिपक थापा शारीरिक कमजोर भए पनि खुट्टरले गुड्डी बनाउने ब्यक्ति जस्ता कलाकारहरू भेटाएका छौं।

हिमाली च्यानलको मुख्य उद्धेश्य नै सबैलाई निस्वार्थ भवनाले सहयोग गर्नु हो । विभिन्न जात र धर्मलाई पनि हिमाली च्यानलले एउटै नजरले हेरेको छ।